१४ बर्षीय बालकको निधन भएपछि श्रदान्जली दिन जांदा दुई हजार भन्दा बढी स्पोर्टस कार र ७० मोटरसाइकल सामेल (भिडियो सहित)

एजेन्सी । सामान्यतया श वयात्रामा सयको संख्यामा मानिस सहभागी भएपनि धेरै मानिन्छ । समाजमा प्रतिष्ठित र मुलुकका लागि ठुलै योगदान गरेको ब्यक्तिहरुको श वयात्रामा हजारको संख्यामा मानिस सहभागी हुन्छन् । तर अनुमान लगाउन सक्नुहुन्छ एउटा बालकको श वयात्रामा कति मानिस सहभागी होलान ? बालकका परिवार र आफन्त अनि छिमेकी । हामिले अनुमान लगाउने यहि हो । कुनै ब्यक्तिको निधन भएपछि शुभचिन्तक र आफन्त ति ब्यक्तिको अन्तिम संस्कारमा सहभागी हुने गर्छन । त्यतिबेला श व अगाडि लगाएर अन्तिमसंस्कारका लागि लाने गर्दछन् । तर, अमेरिकामा एक १४ वर्षीय बालकको श वयात्रामा भएको सहभागीताले सबैलाई अचम्म पारेको छ । ति बालकको श व यात्रामा दुई हजार भन्दा बढी स्पोर्टस कार र ७० मोटरसाइकल सामेल भएका छन् ।

क्यान्सरबाट निधन भएका अमेरिकाको मिसौरी निवासी एलेक इनग्रामकी नाम गरेका यी बालककोे श वयात्रामा यति धेरै स्पोर्टस कार र मोटरसाइकल सामेल भएका हुन् । ति बालक कारका निकै शौखिन थिए । आफु अब जिवनको अन्तिम घडिमा आइपुगे भन्ने थाहा पाएका ति बालकले अन्तिम इच्छा अभिब्यक्त गर्दा आफ्नो श व यात्रामा स्पोर्टस कार सामेल भैदिए हुन्थ्यो भन्ने राखेका थिए । त्यो इच्छा उनले सामाजिक सञ्जाल मार्फत अभिब्यक्त गरेका थिए । बारम्बार दोहोर्याएका उनको भनाई धेरै मानिसलहरुले सामाजिक सञ्जालमा देखेका थिए ।

उनको अन्तिम इच्छा पूरा गर्न ‘सिडनिज सोल्जर्स अलवेज’ नामक एक संगठनले सहयोग गरेर त्यती धेरै स्पोर्टस कार र मोटरसाइकल सहभागी हुने वातावरण बनाइदिएको हो । सोही अनुसार उनको श वयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस् कार सामेल भएका थिए ।

त्यसैगरी ७० भन्दा बढी स्पोर्टस् बाइक पनि सामेल भएको बताइएको सो संगठनले जनाएको अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अमेरिकाका विभिन्न सहरबाट स्पोर्टस् कार मालिक आफ्नो कारसहित श व यात्रामा सहभागी हुन मिसौरी पुगेका थिए । श वयात्रामा सवारी साधनको लस्कर लामो भएपछि मिसौरी सहर दुई घण्टाभन्दा बढी समय बन्द गरिएको थियो ।

एलेकको अन्तिम इच्छा पुरा गर्नका लागि ‘सि;डनि;ज सो;ल्जर्स अल;वे;ज’ नामक संगठनका प्रमुख दाना क्रिश्चियन मेनलीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको आफ्नै पीडा थियो । उनकी ८ वर्षीय छोरी सिडनीको पनि क्या’न्सरका कारण निधन भएको थियो । त्यसैले क्यान्सरकै कारण निधन भएका एलेकको अन्तिम इच्छा पूरा गर्नका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

सीएनएनमा प्रकाशित विवरण अनुसार एलेककी आमा जेनी इनग्रामले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो प्यारो छोरा केवल १४ वर्ष हामीसँग रह्यो । ईश्वरले हामीलाई थोरै समयका लागि भए पनि एलेकको मातापिता बन्नका लागि रोज्नु भएको रहेछ, उसको विना जीवन कति अधुरो छ भन्ने कुरा ऊ नहुँदा महसुस भइरहेको छ ।’

यो पनि पढ्नुहोस : अब तीने महिने तालिम नलिई बिहे गर्न नपाइने ?

बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ ।

मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री(वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ । ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् । साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ । यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ, उसले मात्र बिहे गर्न पाउनेछ ।

मंसिर १२ बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ ।

मिडिया रिपोर्ट अनुसार इण्डोनेसिया सरकारले आगामी वर्ष सन् २०२० देखि प्री(वेडिङ कोर्स अर्थात् विवाहपूर्व पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

उक्त पाठ्यक्रममा युवाहरुलाई जीवनमा बिहे पश्चात् आउने परिवर्तनका विषयमा सचेतना प्रदान गरिनेछ । ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् । साथै बिहेलाई कसरी सफल बनाउने र बालबच्चा कसरी हुर्काउने भन्ने कुरा पनि उक्त पाठ्यक्रममा सिकाइनेछ । यो कोर्स ३ महिनाको हुनेछ । यो पढाई पूरा नगरीकन कुनैपनि युवा बिहेका लागि योग्य हुनेछैन । अर्थात् जसले यो पाठ्यक्रमको पढाई पास गर्नेछ, उसले मात्र बिहे गर्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...