महाकवि लक्ष्मीप्रसाद देवकोटाका जीवनबारे केही रोचक तथ्यहरु

देवकोटा चुरोटका पारखी थिए । उनलाई भारतीय क्राइभिन ब्राण्डको चुरोट खूब मनपर्थ्याे। तर बढीजसो फूलमार चुरोट पिउने गरेको पत्रकार शर्मा बताउँछन् ।

देवकोटा गरीब पटक्कै थिएनन् तर खर्चका मामिलामा अव्यवस्थित, अव्यवहारिक र उदार थिए । तर, बनारसमा गरिबी नभोगेका भने होइनन् ।

१९९५ सालमा उनलाई उपचारका लागि राँची पुर्‍याइएको थियो । फर्केर आएपछि देवकोटाले जनकलाल शर्मासँग आफूलाई आर्थिक सङ्कटले लघुताभाष भएका वेला पागल भनिएको भन्दै मन दुखाएका थिए ।

देवकोटा कांग्रेससँग यति रिसाएका थिए कि नेपाल फर्किएपछि सुनसरी पुगेर कृष्णप्रसाद भट्टराई विरुद्ध भारतीय नागरिक भएको भन्दै मुद्दा नै हाले तर मुद्दा भने भट्टराईले जिते ।

राजा महेन्द्रले ११ साउन २०१४ मा डा.केआई सिंहलाई प्रधानमन्त्री नियुक्त गरे । उनको मन्त्रिमण्डलमा देवकोटा शिक्षा तथा स्वायत्त शासनमन्त्री नियुक्त भए ।

देवकोटाले यस्तो गीत लेखेर गाएका थिए–
तन्त्र तँ पर जा, पर जा तन्त्र
मन्त्र जपी तपी आ

कवि श्यामदास वैष्णवका अनुसार देवकोटालाई खसीको टाउकोको मासु प्रिय थियो । उनी एकपटकमा आधा केजीभन्दा बढी मासु खान सक्थे ।
फोटो विवरणः कमल दिक्षित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...