रवि लामिछाने काण्डबारे सुरेन्द्र केसी भन्छन्( यहाँ त भोलि म पनि फस्छु कि भन्ने डर पो भयो भिडियोसहित

काठमाडौं, ३१ साउन ।

न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको रिहाइको माग गर्दै अहिले चितवन र काठमाडौमा समर्थकहरु सडकमा ओर्लिएका छन् भने रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत कार्यालय चितवनमा पुर्याइएको छ ।

रवि लामिछानेलाइ ‘डाइङ डिक्लेरेसन’ का आधारमा अनुसन्धानको लागि चितवन लगिएको हो । पत्रकार सालिकराम पुडासैनीको ‘डाइङ डिक्लेरेसन’ को आधारमा के रविलाई कारवाही हुन्छ कि अनुसन्धान पछि छुट्छन भन्ने कौतुहलता सबैमा बढी रहेको छ ।

यहि बिषयमा केन्द्रित रहेर राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले एक युट्युव च्यानलमा अन्तर्वार्तामार्फत आफ्नो धारणा व्यक्त गरेका छन् ।
भिडियोलाई नै आधार मानेर कारवाही गर्न चाहि नमिल्ने तर अनुसन्धान सहि तरिकाले गरेमा मुख्य अवियुक्त पक्राउ उनको दावी छ। उनी भन्छन्, ुरवि मात्र होईन नेपालमा ठूला(ठूला मानिसलाई पनि यसरी अनुसन्धानको लागि लगिएको छ र अहिले आत्तिनु पर्ने अवस्था छैन तर अनुसन्धान कसरी हुन्छ र प्रभावमा हुने हो कि भन्नेले आउने दिन निर्धारण गर्छ ।ु

डाक्टर सुरेन्द्र केसीले चर्को स्वरमा यो विषयमा बोल्दै भन्टन् ुयहाँ त भोलि म पनि फस्छु कि भन्ने डर पो भयो यो घटनाले को तरिका हेर्दा । रवि माथि अनुसन्धान हुन्छ तर त्यो भिडियो नै आधार मानेर कारवाही भने गर्नु गलत हुन्छ । सहि तरिकाले अनुसन्धान हुनपर्छ र अनुसन्धान अनुरुप अगाडी बढ्नु पर्ने हुन्छ तर नेपाल हो यहा जे पनि हुन्छ । भोलि कसैले मेरो नाम लिएर यस्तै भिडियो बाहिर निकालेर यस्तो दुर्घटना गर्यो भने म जस्तो सर्वसाधारणको के हालत होला रु अब सत्यको लागि बोल्न पनि डर पो हुने भयो त १ु

उनले डाक्टर केसीले सहि तरिकाले अनुसन्धान गरेमा रवि लामिछानेले न्याय पाउन सक्ने कुरा उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...