“नेपाली जनताले शक्तिशाली सरकार बनाएका छन्, हामी असफल भयौँ भने नेपाल राष्ट्र असफल हुन्छ: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक समृद्धि र विकासको दशक भएको बताउनुभएको छ ।

ढिलै भए पनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आइपुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले कम्युनिष्टको सरकार सबैका लागि अवसर भएको जिकिर गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ््घ नेपालद्वारा आयोजित चौँथो सामुदायिक वन दिवसलाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली जनताले शक्तिशाली सरकार बनाएका छन्, हामी असफल भयौँ भने नेपाल राष्ट्र असफल हुन्छ, राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।”

उहाँले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली जनतालाई राहत दिनका लागि र सेवा प्रदान गर्नका लागि हो भन्नुभयो । सबैबाट कर उठाएर भार जनताको थाप्लोमा थोपर्ने उद्देश्य सरकारको नभएको उहाँको भनाइ थियो । सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामलाई अगाडि बढाउने अहिले राम्रो अवसर भएको उहाँले बताउनुभयो ।

वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझ धेरै गर्न बाँकी रहेकाले आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानअनुसारको निर्वाचन र त्यसअन्तर्गत ऐन नियमको निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । रासस

अन्य समाचार

सुन जत्ति बैंकमा थुप्रियो, बजारमा ग्राहक सून्य

काठमाडौं, २५ साउन । पछिल्लो सातामा सुनको मूल्य एक्कासि आकासिएपछि सुनको बिक्रि ठप्प जस्तै भएको छ । पछिल्लो एक महिनामा मात्रै प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढेर सुनको मूल्य ७० हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अहिले दिनमा एक किलो पनि सुन विक्री हुँदैन । महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउँछन् ।

यसअघि सुन चाँदी व्यवसायीहरुले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन थुप्रिएको छ ।

सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।

बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको बरिष्ठ उपाध्यक्ष शाक्यले बताए ।

व्यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...