विप्लवलाई अर्को झड्का, अस्पतालबाटै समातिएका को हुन?

घाइते विप्लव कार्यकर्ता अस्पतालबाटै पक्राउ परेका छन। सरकार प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द (विप्लप) को एक कार्यकर्ता पक्राउ परेका छन् ।

धनगढी ३ साउन २ गते शक्तिशाली बम विस्फोटन गराउदा आफै घाइते भएका लक्ष्मण सरेलाललाई मंगलबार प्रहरीले मेट्रो अस्पतालबाटै पक्राउ गरेको हो । उनी निको भएर घर फर्किने तयारी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो।सहिदगेटमा रहेको नीलम होटलमा साउन २ गते गराइएको बिस्फोटमा पाँच जना घाइते भएका थिए। घाइतेमध्ये राम सिंहको मृत्यु भएको थियो ।

सो घटना गराउँदा आफैं घाइते भएका सरेलाविरूद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान भइरहेकाले पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए। गिरीका अनुसार उनीमाथि कर्तव्यज्यान मुद्दासँगै बम बिस्फोट मुद्दा पनि चलिरहेको छ। उनको पार्टीमा के हैसियत थियो भन्ने स्पष्ट हुन सकेको छैन।

‘हामी अनुसन्धानकै क्रममा छौं, उनीमाथि दुई वटा मुद्दाको अनुसन्धान चलिरहेकाले पक्राउ गरिएको हो,’ गिरीले भने।

यो पनि,
संसद खुलाउने सहमतिलाई हारजीतको विषय नबनाऔं प्रदीप गिरी
नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसद सूचारु गर्न भएको सहमतिलाई राजनीति आरोप प्रत्यारोपको विषय नबनाउन आग्रह गरेका छन् ।

मंललबार संसदमा विशेष समय लिएर बोल्दै गिरीले सत्ता पक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्न गरेको निर्णयलाई दलीय आधारमा व्याख्या र विश्लेषण नगर्न आग्रह गरे ।

असहमत हुनका लागि सहमति हुने थलोको रुपमा प्रतिनिधिसभा रहेका भन्दै उनले त्यसको मर्यादा कायम गर्न सबैले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए ।

‘सभा अवरोधका सन्दर्भमा हिजो भएको सहमतिबारे अहिले टीकाटिप्पणी हुँदैछ । प्रतिपक्ष हार्‍यो , सम्झौता खोज्यो । होइन, सत्तापक्ष आत्तियो’ उनले भने, ‘यी मेरा कानमा परेका शब्दहरु हुन् ।

हिजो दुवै पक्षले प्रतिनिधिसभाको मर्यादा कायम गरेर आआफ्नो ठाउबाट योगदान गरेर विशेष गरेर सभामुखकै पहलबाट कदम लिएको हो । यसका लागि राजनीतिक भनाभनको विषय नबनाउनुहोस । प्रतिपक्षीले उच्चकोटीको सदासयता देखाएको छ । सरकारले पनि विनम्रता देखाएको छ ।’

हिंसाको परम्परा, वेरोजगारी, आर्थिक क्रियाकलाप, भ्रष्टाचारलगायतले प्रणालीलाई नै असफल बनाउन खोजिरहेको बेला आरोप प्रत्यारोप छाडेर प्रणाली जोगाउनेतर्फ दृढ हुनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...