६ बर्षीय छोरा सहित हराएकी जमुना भारतको हिमाचल प्रदेशमा फेला !कसरि पुगिन जमुना हिमाचल ?

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर – २ सानो चिदिका राजु पोखरा बाट गत महिना जेठ ,२४ गते बिहान देखि आफ्नो ६ बर्षिय छोरा मोहित पौडेललाइ लिएर बेपत्ता भएकी महिला भेटिएकी छिन ।छत्रदेव गाउँपालिका वडा नम्बर -२ बलकोट सानो चिदिका राजु पोखरा निवासी लालमणि पौडेलकी २६ बर्षिय श्रीमती जमुना पौडेल आफ्नो काखे बालाकलाइ आफ्नो साथमा लिएर ९ दिन सम्म आफ्नो घर परिवार र कतारमा रहेका उनका श्रीमान संग सम्पर्क बिहिन रहेपछी बिभिन्न अनलाइन मिडिया र फेसबुक सामाजिक संजालमा उनि बेपत्ता भएको खबर छ्यापछ्यापति देख्न सकिन्थ्यो ।

जमुना र निजका ६ बर्षिय छोरा मोहित पौडेल घरपरिवार बाट बेपत्ता भएको ९ दिन पछी भारत राज्यको हिमाचल प्रदेशको सिमला भन्ने ठाउँ बाट माइती नेपाल (इन्डिया )ले सकुशल भेटाइ नेपाल फर्काएको खबर उनका श्रीमान लालमणिले जानकारी दिएका छन् ।अर्घाखाँचीको चिदिका बाट आपनो ६ बर्षिय छोरा संग बेपत्ता भएकी २६ बर्षिय जमुना पौडेल करिव २ महिना अघि देखि सल्यान जिल्लाका एक युवक संग सामाजिक संजाल फेसबुक मार्फत म्यासेज बक्समा हेलो हाई हुँदा हुदै दुवै जना एक अर्कामा गहिरो प्रेम र मायामोहमा फस्छन ।

सल्यान जिल्ला घर भइ भारत राज्यको हिमाचल प्रदेशको सिमला भन्ने ठाउँमा एक सामान्य गेष्टहाउसमा कार्यरत रहेका (ओमकर बिसी )नाम परिवर्तन ति युवा प्रति २ महिनासम्मको फेसबुक सम्पर्कले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका -२ सानो चिदिका निवासी लालमणि पौडेलकी २६ बर्षिय श्रीमती जमुना पौडेल पागल तुल्य हुन्छिन र जमुना सल्यानका ति युवालाई फेसबुक र फोन मार्फत बारम्बार भारत बाट फर्की अर्घाखाँची बाट आफुलाई उनि सँगै सिमला लगेर जान आग्रह गर्दछिन (माइती नेपाल संगको कुराकानी )

नेपालको सल्यान घर हुने (ओमकर बिसी )नाम परिवर्तन ति युवालाइ जमुना पौडेलले उनि प्रति राखेका प्रस्तावहरु अस्विकार गर्दै आफु भारत राज्यको हिमाचल प्रदेश बाट अर्घाखाँची आई जमुना र उनका ६ बर्षिय छोरालाई आफु संगै सिमला पुर्याउन नसक्ने जबाफ दिएको माइती नेपाल र प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।बिबाह भइसकेकी र साथमा एक छोरा रहेको.. आफ्नो श्रीमान् रोजगारीको शिलशिलामामा २ बर्ष यता देखि कतारमा कार्यरत रहेको मौका छोपी आफु संग भएका गर-गहना र श्रीमानले प्रवासमा दु:ख कष्ट गरेर ३ साल सम्म कमाएको पैसा कुम्ल्याई हिमाचल प्रदेशको सिमला पुगेको उनका श्रीमानले जानकारी दिएका छन ।

बिभिन्न अनलाइन मिडिया र सामाजिक संजाल फेसबुक मार्फत जमुना पौडेल र निजका ६ बर्षीय छोरा मोहित पौडेल हप्तौ देखि बेपत्ता भएको खबर आउँन थाले पछी जमुनाले आफ्ना माइती पक्षका आफन्तहरुलाई भारत बाट फोन मार्फत सम्पर्क गरी आफु संग भएका श्रीमानका गर ,गहानाहरु फिर्ता गरिदिने र आफु श्रीमान् सँग एकसाथ नबस्ने खबर दिएपछी आफन्त द्वारा उनि सल्यानका युवा संग बस्दै आएको गेष्टहाउसको ठेगाना मगाई निजका घरपरिवारले माइती नेपाललाइ रिपोर्ट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *