कांग्रेस युवा नेता न्यौपानेलाइ पत्नी शोक

तिलोत्तमा । नेपाली कांग्रेसका युवा नेता हरि न्यौपानेलाइ पत्नी शोक परेको छ ।
तिलोत्तमा ५ शिबपुर निवासी न्यौपानेकी जीवनसंगीनी सिता न्यौपाने पोखरेलको आज भैरहवा मेडिकल कलजमा उपचारका क्रममा निधन भएको हो ।

४३ बर्षिय न्यौपाने लामोसयमदेखि मृगौला रोगबाट पिडित सिताको भारतका बिभिन्न अस्पतालमा उपचार समेत गरीएको थियो । पछिल्लो समय चिकित्सकको सल्लाह अनुसार भैरहवा मेडिकल कलेजमा उपचार भई रहेको थियो ।उहाका २ छोरी रहेका छन् ।
युवा नेता न्यौपाने गत निर्बाचनमा रुपन्देही क्षेत्र न १ (२) बाट प्रदेश सभामा उम्मेदबार बन्नुभएको थियो ।
सीताको पार्थीब शरिरमा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनुभएको छ ।स्वर्गिय सीताको आजै राम्दीघाटमा अन्त्येष्ठि गर्ने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *