धुमुर्सलाई सुझाव, मान्छे बन्नुस् भगवान बन्न खोज्दा यस्तै हो

धुर्मुस सुुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको क्रिकेट रंगशालामा केहि स्थानियले डोजर चलाए पछि त्यसको व्यापक आलोचना भइरहेको छ । नेकपाका स्थानिय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोेलीले डोजर चलाए पछि अहिले यो विषय व्यापक चर्चाको घेरामा रहेको छ । सबैले उक्त कदमको विरोध गरेका छन् । निर्माणाधीन रंगशालामा डोजर चलाउँने कदमको विरोध भइरहँदा किन स्थानियले डोजर चलाए भन्ने कोणबाट बहस कमै भएको छ । यस विच अभियान्ता नरबहादुर कार्कीले फरक कोणबाट केहि प्रश्न उठाएका छन् । ‘धुर्मुस -सुन्तली र डोजर’ शीर्षकमा एक आलेख लेख्दै कार्कीले धुर्मुस माथिनै केहि प्रश्नहरु तेर्साएका छन् ।यो खबर otvnepal मा प्रकाशित छ।

यस्तो छ कार्कीको लेख
धुर्मुस -सुन्तली र डोजर रङशाला बन्ने बनाउने र आम नेपालीको हौसला आँफैमा सकारात्मक त हो नै त्यसमा पनि देश बिदेशमा रहेका नेपालीको आर्थिक सहयोग मिसिएपछी यो सार्वजनिक महत्वको र सम्बेदनाको बिषय पनि हो । प्रसन्सा, चुनौती र बिकासको यो मोडेल बारे स्वभाविक छलफल र धारणा आउने नै भये । यो हप्ता स्थानियको सन्लग्नतामा डोजर चल्यो, तार बार भात्काइयो र एस्तो हर्कत बारे तिब्र आलोचना र प्रशासनिक कार्वाही अघी बढेको छ ।

बिबादको बहाना के हो, आ-आफ्नै मत छन । धुर्मुसले रुदै बयान गरे यो कमिसन र ठेक्का वक्ष् अन्य फाईदाको लागि आफुलाई दवाब दिएको र बाटोको बिवाद भएको कारण बार भत्काएको हो । स्थानियले आफु सुकुम्बासी बन्ने डरले बाटो बारे धेरै पटक बार्ता गरेको तर समाधान नहुँदा आक्रोषले यो गल्ती गर्न पुगेको हो । तपाईं रुनुभो, सुन्तली जङिनुभो । म तपाईंलाई बिकासको दर्शन बारे थोरै समिक्षा गर्न अनुरोध गर्छु ।
यो डोजरले त्यती भौतिक नोक्सानी गरेको छैन जती सान्केतिक रुपमा बिकास मोडेललाई गरेको छ । छोटोमा भन्दा( सबै चिज सबैकालागी बराबर सम्बेदनाका हुँदैनन । डोजरले रङशाला नै किन छोयो तरु

अब अली गहिराइ बाट बिश्लेषण गरौ- यो भन्दा अघिल्ला नमुना परीयोजनामा किन एस्ता बिबाद आएननरु किन बिरोध थिएनरु के बाटो मात्र कारण थियो तरु किन कमिसन मागेननरु मलाई लाग्छ, जुन दिन स्थानिय देखी केन्द्र स्तरका राजनीतिक शक्तिको पक्षधरता र बिकासको प्रभाव र त्यसको राजनीतिक लाभ जोडीन पुग्यो- कती पयले भनेका थिए- अब यो रङशाला या त बन्दैन वा बिवादमा बन्छ वा धुर्मुस सुन्तलिको छबी बिगारने भो । ठुलो लगानी भनेको जग्गा थियो, जग्गा सरकार सँग थियो र सरकार राजनीतिक रङको हुन्छ- धुर्मुस सुन्तलिले आँफै यो रोजाइ लिनु स्वभाविक थियो । तर यो रोजाइले रङशाला भन्दा लामो र समाजसेवा भन्दा पर तन्काउथ्यो फाउण्डेसन् को काममा मिसिएको राजनीतिक रङ ।

सुन्दरलाल, चण्डी प्रशाद, गौरादेवीहरु- यि नाम भारतको गढ्वालका ७०को दशकका प्रख्यात नाम जसले ुचिप्को आन्दोलनु चलाए, त्यहा बाट सापट लिएको छु । बिकासका काममा स्थानियलाई बिकास बिरोधि भन्नु पर्ने दिन आउनु पहिले अभियन्ता हरुले सोच्नै पर्ने केही महत्वपूर्ण पक्ष छन, जो ुचिप्को आन्दोलनलेु सिकायो । आफ्नो बन जङल बिनास हुने देखेपछी , पर्यावरणको क्ष्तिले मानव जीवनमा र उनिहरुको मनोभावना माथि आघात पुग्ने देखे पछी गढवाली महिला पुरुषले आफ्नो जङल बचाउ न रुखहरुमा अङालो हालेर चिप्के पछी यो आन्दोलन चिप्को आन्दोलनको रुप लियो ।

सरकारले बिकासको नाममा ठेकेदारलाई रुख काटन आदेश दिएपछी मान्छे रुख अङालो हाल्न पुगे( यो सत्याग्रहमा उनिहरुले भने रुख काटिनु पहिले हाम्लाई काटू । यो बिरोधको मोडेलले भारत मात्र होइन धेरै देश लाई सान्केतिक शिक्षा र बिकास बारे सोच्ने तरिका फेर्न सघायो ।
त्यस कारण परीयोजनाको भौतिक पक्ष भन्दा पहिले- वातावरणिय पक्ष आकलन जरुरी भयो । रङशालाको निर्माणको काम थालनी सँग सामाजिक, वातावरणिय प्रभावको पक्ष जरुर बिष्लेषण भो होला । त्यती ठुलो परीयोजनामा जरुर यो कुरा जोडीन्छ । धारणा, बक्तब्य, प्रचारबाजी र प्रतिकृया सुन्दा मलाई शन्का लाग्यो, कतै तपाईं हरुले यो पक्ष नजर अन्दाज त गर्नु भएनरु अक्सर शक्ती र सत्ताको बढी पहुचले, साना मान्छे लाई नजरन्दाज गर्ने गल्ती हुन्छन । अथवा कतै भावना र सदासयताको मौसमी सुबिधा मात्रा हेरियो किरु आफु राम्रो छु, सबैले राम्रो भनेका छन भन्ने सोच्दा, ठुला पारीयोजनाका ठुला प्रभाव भित्र- साना मान्छेका साना चासो सुनिएनकीर?

बिकास जब भौतिक आर्थिक र यान्त्रिक पक्ष लाई मात्र केन्द्रमा राखेर सोचिन्छ( तब त्यसले मानबिय समस्या र प्रतिकृया सँग जुध्नु पर्छ । आज धेरै पश्चीमा देशले भोगेको जटिलता यही हो । मान्छेलाई आफु सुकुम्बासी हुन्छु कि भन्ने पिर भन्दा बढी रङशालाको माया नलाग्न सक्छ । हरेक बिकासको केन्द्रमा आफ्नो कुनैन कुनै भलाई देख्नु सामाजिक स्वभाव हो र आवश्यकअता पनि ।

जब हामी मसिन, मनि र मेटेरियल सोलुसन खोज्छ, जब हामी बिकास लाई आफ्नो आँखा बाट हेर्छौ, जब हामी अरुलाई आफ्नो बुझाईको आवश्यकता लादन खोज्छौ, मान्छे हरु बिकास इन्कार गर्छन् । किनकी आवश्यकता सापटी लिदैनन मान्छे हरु । सपनाका साझेदार बन्नु सजिलो छ, आवश्यकता अरुबाट अनुवाद गराउन गाह्रो छ । तपाईंका अघिल्ला परीयोजनाहरु आवश्यकता थिए मान्छेका क्ष् तर रङशाला रोमान्चक सपना । सपनामा साघुरो हुन कोही चाहदैनन, सबै रमाउन चाहन्छन-

समाजसेवाको आफ्नै दाँयारा छ, समाजले कसरी प्रतिकृया दिन्छ त्यसको पनि सापेक्षता छ । शायद समाजसेवा छोडेर सपना र आदर्शको राजनीतिमा पुगे पछी समाज पनि बार्ता र लेनदेनको टेबलमा आउछ ।
डोजर एउटा नकरात्मक घटनाको प्रतिबिम्ब हो, खराब प्रतिकृया हो र दण्डित हुनु पर्छ । तर देशको लागि आदर्श काम गरेर देखाउने अभियान स्वयम पनि समाज भन्दा एक कदम बढी सोच्ने हुनु पर्छ । यो घटना पछी काम स्थगित गरेको र माफि माग्नु पर्छ भन्ने सर्त राखी रहदा- फुलमाला र जयजयकार गर्ने तिनै मान्छे थिय भन्ने नबिर्सनुस् । ल ति बिकास बिरोधधि नै मानेर जेल पठाइए, त्यसो गर्दा गौतम बुद्द रङशाला करुणा र प्रेम को प्रतिक हुन्छरु मान्छेको सन्ख्याले सधैं सबै चिज अर्थपूर्ण बनाउदैन,थोरै मान्छे होलान अहिले तपाईं लाई बेठिक भन्ने, तर ति सबै प्रसन्सक भन्दा मेरो आलोचनात्मक सुझाब काम लाग्न सक्छ ।

म ब्यक्तिगत रुपमा एस्तो दान र कल्याणमुखी- बिकास मोडेल ठीक मान्दिन, किनकी मान्छेले बिकासको अधिकारको लागि सहिद
बन्नु परेको थियो र त्यो बिकास आजको सरकारको कर्तब्य र जागिर हो । एक दशक पहिले मैले धेरै माग्ने काम गरेको थिए, गाउमा गयो माग्यो बुझायो हिड्यो, तर मैले चार बर्ष मागेको भन्दा बढी फरक एक रातमा भयो जब रातो कलम समात्नेले एउटा सिग्नेचर गरेर त्यो बिषयलाई नागरिक अधिकार बनाइदिये । म भगवान बन्नबाट जोगिए, मान्छे म तिर फर्किनबाट जोगिये । आँफैतिर र सत्तातिर फर्कन थाले ।

तर नागरिकको तर्फबाट गरिने रचनात्मक काम सर्वथा धन्य नै हुन्छ ।
मिहिन तरिकाले हेर्नुस्, केही कर्कट पाता कुच्चिएर केही हुन्न, फेरी बनाउन थालनुस् । राम्रो मान्छे हुनुहुन्छ, राम्रो रहनुस् । मान्छे भन्दा एक फिट माथि उठाइदिने र भगवान बनाइदिने सँग जोगिनुस् । किनकी भगवानलाई मान्छे काम गर्न दिदैनन- निष्कृय सालीक बनाइदिन्छन ।

यो पनि पढ्नुहोस्
चितवनमा धुर्मुसलाई रुवाउँने नाइके रेणु दाहालकै कार्यकर्ता !
चितवनमा रंगशाला बनाएर चितवनबासीको जीवनमा परिवर्तन ल्याउँने सोचेका धुर्मसलाई आज चितवनबासीकै कारण रुनु पर्ने दिन आएको छ । हरेक क्षेत्रमा राजनितिक फोहोरी खेल चलिरहँदा स्वच्छ मनले समाजसेवा जुटेका धुर्मुस आज त्यहि फोहोरी राजनितिक दाउपेचको सिकार भएका छन् । जेठको यतिसारो गर्मिमा दिनरात नभनी रंगशालमा निर्माण गरिरहेका उनले आज स्थानियको उपपद्रोका कारण पसिना बगाउँन जाँदा आँशु बगाउँनु पर्यो ।चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । आज ९बुधबार० विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका छन् ।

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।

धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए । “निर्माणाधीन क्रिकेट रंगशाला यस क्षेत्रको विकासका लागि कोषेढुंगा बन्दै थियो । रामपुरको मात्र नभइ समग्र चितवनको विकाको भरपर्दो आधार बन्दै थियो । यहाँका स्थानीयबासीले पनि त्यसको लाभ पाउँथे । तर, कुत्सित मनशाय बोकेकाहरूको उक्साहटमा लागे,” उनको दुःखेसो छ ।
स्थानीयका अनुसार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । र उनी विद्यार्थी राजनीति गर्थे । माओवादी विभाजन हुँदा वैद्य समूहमा लागेका उनी पछि रामबहादुर थापा वादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए । र, अहिले उनी नेकपामै आवद्ध छन् । उनी नै घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी तीव्र पारेको छ । ‘रेणु दाहाललाई मेयर बनाउने मै हुँ । मैले भनेको नमान्ने !’ भन्दै उनले धाक–धम्कीसमेत दिएको स्थानीय बताउँछन् ।

धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए ।धुर्मुसका अनुसार उनले स्थानीय अगुवासँग यस विषयमा पटकपटक कुरा गरेका छन् । चार दिनअघिमात्रै पनि जग्गाकै विषयमा लामो कुराकानी भएको थियो ।

धुर्मुसले उक्तबाटोमा मालवाहक गाडी पनि नगुड्ने र रामपुर जोड्ने बाटो भएकाले १० मिटर फराकिलो भए पुग्ने तर्क गरेका थिए । त्यसका लागि आवश्यक जग्गा छाड्न तयार भएका थिए । र, चारदिनको समयसीमा दिएका थिए ।

तर, स्थानीय आफ्नोतर्फ एक इन्च जग्गा छाड्न राजी भएका थिएनन् । रंगशालाका लागि छुट्टयाएको जग्गा नै बाटोका लागि दिनुपर्ने उनीहरूको माग थियो । “उनीहरू चारदिनसम्म मौन थिए । आज बिहान डोजरसहित आएर धमाधम भत्काउन थाले । म मुकदर्शक बनेर हेरिरहेँ,” धुर्मुस दुःख पोख्छन् ।

अराजक भिडले डोजर लगाएपछि धुर्मुसले यसो भने
एकदमै दुखद घटना घटेको छ। एकाविहानै स्थानीयहरु र केहि अराजक भीडको अगुवाइमा यो काम भयो। आफ्नै आँखा अगाडि जुन घटना घट्यो । यो भन्दा कारणीय दृष्य सायद मैले जीवनमा देखेको थिइन होला।

हुन त यो भन्दा अघि बस्ती बनाउन पनि धेरै दुख, धेरै प्रेसर धेरै धाक धम्की सहेका थियौं। सबै चिँज त्यागेर राष्ट्रका लागि केहि गर्नु पर्छ भनेर लागि रहदा यस्तो भयो। जहाँ जुन ठाँउबाट हामीले बनाउँदै छौं त्यहि ठाँउमा कुनै ठुलो इस्यू छैन। बाटो सुचारु भइरहेको पनि छैन। यो बाटो हामीलाई प्राप्त भएको सम्म मात्रै छ। हामीले पटक पटक छलफल गरेका छौं। तीन तिर हामीले कम्पाउन्ड घेरिसकेका थियो। हामीलाई दिइएको क्षेत्रफलबाटै बाटो दिइनु पर्ने भन्ने थियो। हामीले डिपीआर आइसकेपछि कति स्पेश छोड्ने सल्लाह गरौला भनेका थियौं। हामी छाड्न तयार छौं भनेका थियौ।

हामीले रंगशालालाई पनि बाटो चाहिन्छ भनेर पटक पटक भनिरहेका छौं। हामीले हिजो मात्र बार लगाएका हौं। हामीले सबै स्थानीयलाई अवगत पनि गराएका थियौं। तर एकाविहानै डेढ २ सय मान्छे जम्मा भएर डोजर लगाएर पेल्ने काम भयो।

विदेशमा बस्ने नेपाली जसले हामीलाई यति सद्भावका साथ सहयोग गर्नु परेको छ। उहाँहरुको पसिनामाथि डोजर चलाइएको छ। देशका लागि केहि गर्ने भनेर अठोटका साथ हामी आएका थियौं। हाम्रो मात्र होइन यो देशको सपना हो। यहाँ सबै मानिस खराब निस्के। यहाँ सत्कर्म गर्नु पर्छ सोच लिएर हिड्नु पर्छ । देशका लागि काम गर्नु पर्छ भन्ने मानिस विरलै पाइयो।

जसको दायित्व थियो त्यसले पूरा नगरेको अवस्थामा हामीले नागरिकको तर्फबाट एकजुट भएर विकासको चिँज गरौं, देशको आवश्यकताको चिज हो। खेलाडी हाम्रै सन्तान हुन्। उहाँहरुको लागि एउटा अन्तर्राष्ट्रिय रंगशाला बनाउन बनेर लागिरहदा। यहि स्थानीयको खुसी यहाँ जोडिएको थियो।

उहाँहरुलाई बाटो इस्यू चर्काउनु थिएन। बाटो दिनै भनेको थियौं। तर राजनीतिक आडमा नियोजित हिसाबमा आएर प्रहार गर्ने काम भयो। एउटा बाटोको कुरा मात्र होइन पटक पटक धाक धम्की दिने काम भएको छ। हाम्रो कर्मचारी धर्काउने काम भएको छ। यति प्रतिशत कमिसन चाहियो भन्ने यति काम गर्ने मान्छे हाम्रो हाल्नु पर्यो भन्ने। हाम्रो मेसिन चल्नु पर्यो। हामीलाई प्राथमिकता किन छैन भन्ने भयो। हामीलाई नसोधी कसरी बनाउदा रहेछौं भन्ने धम्की पटक पटक भइरहेका थिए।

हामी सहनसिल छौं। हामी नकारात्मक कुरा बाहिर नजाओस भनेर पटकपटक उहाँहरुलाई सम्झाइरहेका हुन्थ्यौं। सम्झाउदा पनि जुन प्रहार भएको छ। अन्त्यतै दुखद् प्रहार भएको छ। न हामी हाम्रा लागि हिँडेका हौं। न हामी आफ्नो स्वार्थका लागि हिडेका हौं। आफ्नो पेशा घर परिवार सब चिज त्यागेर सिंगो देश र देशवासीको खुसीका लागि हिडिरहदा जुन प्रकारले प्रहार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...